काठमाडौ: जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालीका वडा नं.८ कृष्णमन्दिर स्थितमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी  कार्यालयका सुर्खेतका प्रमुख प्रहरी उउपरीक्षक  सुधिर राज शाहीको समेतको प्रहरी टोली परिचालन भएको थियो।

परिचालित प्रहरी टोलि उक्त स्थानमा पुगि जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालीका वडा नं. ८ बस्ने वर्ष २३ को बिधान शाही र सोही ठेगाना बस्ने बर्ष २२ को आदित्य घिमिरेलाई शंकास्पद अवस्थामा फेलापारी निजहरुको शरिर तथा घरकोठा  खानतलासि गर्दा निजहरुको साथबाट ७७ मोडलको पेस्तोर १ थान ,सो पेस्तोलको म्यागजिन २ थान, सोही  पेस्तोलमा लाग्ने गोली ६ राउण्ड ६, ९ एम एमको गोली ६ राउण्ड ,खुकुरी ४ थान ,चक्कु २ थान बन्चरो १ थान , नाईनचास्टिक १ थान हातहतियार बरामद गरीएको हो।

साथै सोही स्थानबाट लागूऔषध ट्रमाडोल  प्रति पत्तामा १० ट्याब्लेट को दरले ८९ पत्ता र एक पत्तामा ९ वटा ट्याब्लेट गरी जम्मा ८९९ वटा ट्रमाडोल ट्याब्लेट साथै लागूऔषध निट्राजेपाम प्रति पत्तामा १० ट्याबलेटका दरले ३६ पत्तामा १० वटा ट्याब्लेट र १ पत्तामा ९ वटा गरी जम्मा ३६९ वटा ,निट्राजेपाम ट्याब्लेट लागूऔषध निक्टोर प्रति पत्तामा १० ट्याब्लेटका दरले ३ पत्तामा जम्मा ३० वटा निक्टोर ट्याब्लेट र लागूऔषध स्पास्मो प्रति पत्तामा ८ ट्याब्लेटका दरले १६ पत्तामा जम्मा १२८ वटा स्पास्मो ट्याब्लेट र कैची १ थान; र दुर्लभ बन्यजन्तु जरायोको सिङ्ग १थान  बरामद गरी २ जना अभियुक्तहरुलाइ नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान भई रहेको जोल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो ।