काठमाडौं - लागु औषध नियन्त्रण ब्युरोको टोलिले ट्रामाड्रोल राजधानीबाट लागू औषध सहित ३ जना मानिसहरु पक्राउ गरेको छ।

औषधी जन्य लागु औषध बिक्रि बितरण गर्नको लागि आफु बस्दै आएको डेराकोठा भन्दा छुट्टै कोठा भाडामा लिई लागु औषध भण्डारण गरी बिक्रि बितरण गर्दै आएको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट प्रहरी कारवाहीको क्रममा लागु औषध कारोवारमा संलग्न गिरोहका मानिसहरू पक्राउ परेका हुन्।

 काठमाण्डौ का.म.न.पा. १६ बालाजु, गंगाहल, शान्ति मार्ग स्थित कोठामा जिल्ला मोरङ, बेलबारी नगरपालिका वडा न.३ स्थायी वतन भएका बर्ष ३२ का निकु राईले लुकाई राखेको अवस्थामा नियन्त्रित मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ३५ हजार ५ सय ९० र लागु औषध गाँजा १२ किलो ५०० किलोग्राम बरामद गरी पक्राउ गरेको छ ।

यसैगरि जिल्ला काठमाण्डौ, महानगरपालिका वडा नं.१४ बल्खु स्थितमा कुंगा तामाङ र पदम बहादुर महतेका कोठाबाट लागु औषध बुप्रेनोर्फिन १०,३६७ एम्पुल, डाईजेपाम १०,३६७ एम्पुल, फेनार्गन १०,३६७ एम्पुल गरी जम्मा ३१,१०१ एम्पुल बरामद गरी पक्राउ गरेको हो ।

पक्राउ परेका मानिसहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भई रहेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण प्रसाद कोइरालाले जानकारी दिनु भयो।