काठमाडौं - सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
अख्तियार स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा मेयर साहलाई रंगेहात पक्राउ गरिएको हो।


0 comment