काठमाडौं - सरकारले यही असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २९ वटा निर्णय सार्वजनिक गरेको छ । प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका ती निर्णयहरूमा उच्चस्तरीय राजनीतिक भ्रमण, अनुदान स्वीकृति र कोदो दिवस घोषणालगायतका छन्।
बैठकले जापान सरकारबाट निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब ७० करोड जापानी येन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने पनि बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।
सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट छपाइका लागि चित्र र आकार स्वीकृत गरिएको छ।
उच्चस्तरीय भ्रमणहरूमा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई संयुक्त राष्ट्रसंघीय दिगो विकाससम्बन्धी राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन न्यूयोर्क पठाइनेछ। यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साउन ६ देखि १२ गतेसम्म चीन भ्रमण गर्ने छन्।
इथियोपियामा साउन ११-१३ गते आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी गराइने निर्णय पनि गरिएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा त्रिसदस्यीय समिति गठन गरिएको छ। छानबिन नसकिएसम्मको लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ।
सरकारले उखु किसानहरूलाई प्रतिक्विन्टल ३५ अनुदान दिने निर्णय पनि गरेको छ।
नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा, रेसुङ्गा नगरपालिका गुल्मीमा जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको उपयोग स्वीकृत, डडेल्धुरामा बहुउद्देश्यीय भवन निर्माणका लागि २.६१-२ रोपनी जग्गा स्वीकृति पनि निर्णयहरूमा समावेश छन्।
त्यस्तै, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिको कार्यावधि चार महिनाका लागि थप गरिएको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा (रुपन्देही) लाई नियुक्त गरिएको छ।
यस्ता छन् थप निर्णय :


0 comment