काठमाडौ:जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित नालदुम भिलेज रिसोर्ट एन्ड ग्रीन पिस रेष्टुरेण्ट नामक होटलमा अनलाइन सट्टाबाजी (जुवा) खेलाई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत समेतको टोली खटेको थियो।
प्रहरीले जुवामा सलग्न ५ जनालाइ पक्राउ गरेको थियो।
पक्राउपर्नेहरुमा जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. ८ ईमाटोल बस्ने बर्ष ३२ को दिगज नकर्मी , सोही ठेगाना वडा नं. ४ कमल बिनायक बस्ने बर्ष २८ को संजिब कुशि, बर्ष २४ को रोशन प्रजापति,सुर्यबिनायक नगरपालिका वडा नं.७ कटुन्जे बस्ने बर्ष २९ को एलिस कुश्म, जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं. १६ शान्तीनगर बस्ने बर्ष ३१ को रोजन महर्जन रहेका छन।
प्रहरी पुगि उक्त होटल खानतलासी गर्दा अनलाइन सट्टाबाजी (जुवा) खेलाई रहेको अबस्थामा व्यक्तिहरुले अनलाइन सट्टाबाजी (जुवा) खेलाउन प्रयोग गरेको ल्यापटप थान-५ र मोबाईल थान-१८ समेत बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलन्चोकले जनाएको छ।


0 comment