काठमाडौ:सुर्खेत प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिम र नक्कली नोट सहित ५ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जाजरकोट कुशे गाउँपालिका वडा नं.५ बस्ने बर्ष २२ की दिलमाया सिंह ठकुरी जिल्ला जाजरकोट कुशे गाउपालिका वडा ५ खुर्पा बस्ने बर्ष ३३ को राम बाहदुर सिंह,जिल्ला जाजरकोट कुशे गाउपालिका ७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.१२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने बर्ष ३५ को कृष्ण बहादुर वली सोही ठेगाना बस्ने बर्ष ३८ को प्रेम बहादुर बि.क जिल्ला कालीकोट नरहरीनाथ गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.ली नामक मिडिया संचालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन बहादुर सहकारी रहेका छ्न।
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.१० शान्ति टोल स्थितमा जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं.५ बस्ने बर्ष २२ की दिलमाया सिंह ठकुरीले खोटा मुद्रा चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा दिलमाया सिंह ठकुरीको साथबाट नक्कलि नेपाली रुपैया १००० दरका ६ थान रु. ६ हजार फेला पारेको थियो।
जाली नोट सम्बन्धि थप अनुसन्धान क्रममा जिल्ला जाजरकोट कुशे गाउपालिका वडा ५ खुर्पा बस्ने बर्ष ३३ को राम बाहदुर सिंह तथा निज दिलमाया सिंहको डेराकोठाबाट लुकाई राखेको अवस्थामा नेपाली रु १००० दरका १२३६ जम्मा रु १२ लाख छत्तीस हजार वरामद गरेको हो।
सोही दिन उक्त जालीनोट कसुरमा संलग्न व्यक्तिको पक्राउ तथा थप अनुसन्धान गर्दै जाने क्रममा जिल्ला जाजरकोट कुशे गाउपालिका ७ समकोट गमौडी घर भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.१२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने बर्ष ३५ को कृष्ण बहादुर वली,सोही ठेगाना बस्ने बर्ष ३८ को प्रेम बहादुर बि.कलाई फेला पारी निजहरुको डेराकोठा तथा शरीर खानतलासी गर्दा निजहरुको लुकाई राखेको कालो झोला भित्र अफिम पोका ११ जम्मा शुद्ध ११ किलोग्राम ३७२ मिलिग्राम फेलापारी बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिएको हो।
लागुऔषध अफिम तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा यस कार्यालय तथा ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटिईएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको जिल्ला कालीकोट नरहरीनाथ गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.ली नामक मिडिया संचालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन बहादुर सहकारी लाई नियन्त्रणमा लिई निजले संचालन गरेको मिडिया हाउस तथा निज बस्ने घरकोठा खानतलासी गर्दा निजको कोठाबाट नेपाली रु.१ हजार दरका नक्कली नोटहरु ५१ थान रु. ५१ हजार फेला परेको थियो ।
साथै प्रहरीले प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा १९ के.जी. ३ सय ग्राम लागूऔषध अफिम फेला परेको थियो।
साथै नक्कली नोट बनाउने Canon प्रिन्टर थान-१, HITECH लेखिएको CPU थान १ र Zillion Tec लेखिएको Monitor थान १,कि वोर्ड थान-१,माउस थान-१,कार्डडिटर र चिप्स मेमोरी थान-१, Canon क्यामेरा थान-१ समेत बरामद गरेको छ
आकर्षित कसुरहरु -लागूऔषध अफिम मुद्रा सम्बन्धि कसूर र संगठित अपराध कसूरमा सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीले जानकारी दिनु भयो।


0 comment