काठमाडौ:जिल्ला प्रहरी परिसर, काठमाडौक्प टोलिले खैरो हेरोइन सहित १ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला इलाम, माई नगरपालिका ५ बस्ने वर्ष २५ को केशव राई रहेका छन।
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ जडीबुटी स्थित भक्तपुर-काठमाडौं जोड्ने मनोहरा खोला पुलमा माईक्रो बसमा सवार एक व्यक्तिले लागु औषध खैरो हेरोइन ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उक्त माईक्रो बसमा यात्रा गरिरहेका राईले बोकेको झोलामा रहेको ३७.२४० ग्राम लागु औषध खैरो हेरोइन सहित नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।


0 comment