काठमाडौ:काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले डलर साट्ने बहानामा लुटपाट गर्ने एउटा समुहलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा  जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. १ बोडे बस्ने बर्ष २८ को पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन सोही ठेगानाका ,बर्ष २५ को प्रकाश तामाङ भन्ने सुर्य बहादुर पाइन , बर्ष ३६ को सागर भन्ने सन्तबिर पाइन ,बर्ष ३५ को बिष्णु कुमार रुम्बा रहेका छन।

पीडितलाई ९७६ २६३४८६१ नम्बरको मोवाईलबाट सम्पर्क गरी आफुसंग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनी विभिन्न प्रपन्च गरी  यहि असार २२ गते जिल्ला भक्तपुर चागुनारायण नगरपालिकापा वडा नं. ४ हलछाप स्थित एकान्त जंगलमा लगी लुटपाट गरेका थिए।

उक्त समुहमा रहेका ५/६ जना व्यक्तिहरुले एक्कासी पीडितको मुख थुनी नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आईफोन मोबाईल र नगद ७लाख रुपैया जबरजस्ती खोसी फरार भएका थिए ।

घटनामा संलग्न रहेका  व्यक्तिहरुलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले मिति २०८२ असर २६ गतेका दिन  भक्तपुर जिल्लाको बिभिन्न स्थानबाट घटनामा प्रयोग भएको मोटरसाइकल, १ थान स्कुटर,  ७२ हजार रुपैया रकम उल्लेख भएको चेक थान १, नेपाली ६४ हजार  ४० रुपैया रकम जम्मा गरेको ग्लोवल आई.एम.ई वैकको रसिद थान १ र विभिन्न कम्पनीका मोबाइलहरू थान-१० लगायतका  प्रमाणहरू सहित पक्राउ गरेक्प हो ।

 निजहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी काजिकुमार आचार्यले जानकारी दिनु भयो।