ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटानिक रेष्टुरेन्टमा राती ७:३० बजेको समयमा देउसी भैलो खेलिरहेको अवस्थामा ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १५ खुमल्टार बस्ने बर्ष २४ को नोर बहादुर राउतलाई मदन बहादुर लिम्बु समेत ७ जना भई तरवार,रड लगायतको घातक हतियार प्रयोग गरी हानी सख्त घाईते बनाएको थियो।
घाइते रावतलाइ उपचारको लागि बिर अस्पताल काठमाण्डौं लगिएकोमा उपचारको क्रममा मिति २०६० कातिक १० गते मृत्यु भएको थियो।
कर्तब्य ज्यान मुद्दामा हाल सम्म फरार रहेका जिल्ला तेह्रथुम साबिक खाम्लालुङ गा.बि.स. ३ को हाल आठराई गाउपालिका वडा नं २ घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं ०९ गौशाला बस्ने बर्ष ४९ को बिजय कुमार फोम्वो (लिम्बु)काठमाडौ को कोटेश्वरमा लुकी छिपी बसिरहेका थिए।
गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहती परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेलमा पेश गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी दिनु भयो ।


0 comment