काठमाडौ:लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालयको टोलिले झण्डै साढे ३ किलो कोकिन सहित एकजना बिदेशी नागरिकलाइ पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुदै नेपाल प्रवेश गर्ने यात्रुहरुको क्रीमिनल प्रोफाइलिङ्ग गर्ने क्रममा बिदेशी नागरिकालाइ लागुऔषध कोकिन सहित पक्राउ गरेको हो ।

 कतार एरवेजओ को उडान मार्फत अजरबैजानबाट काठमाण्डौ आएका भारतिय नागरिक मुम्बई, महाराष्ट्र ठेगाना भएका पासपोर्ट नम्बर एस ४४७०३३ बाहक बर्ष ४९ का अब्दुस सामद सामद जमाल मन्सुरीलाई   त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणको अराईभल पार्किङ् एरियाबाट निजले साथमा ल्याएको झोला भित्र लुकाई राखेको अबस्थामा लागु औषध कोकिन ३ किलो ४०० ग्राम बरामद गरी पक्राउ गरिएको छ ।

पक्राउ परेका मन्सुरी  उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको  लागु औषध नियन्त्रण व्यूरोले जानकारी दिएको छ ।