काठमाडौं - काठमाडौंको बौद्धमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिएका छन्। आगलागीमा परेर काभ्रेको चौरीदेउराली–३ घर भई हाल बौद्ध बसोबास गर्दै आएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार तामाङ शारीरिक रूपमा अशक्त थिइन् र आगलागी हुँदा कोठाबाट ननिस्किन सक्दा जलेर मृत्यु भएको हो।

घटनामा कोठाको झ्याल, ढोका, लत्ता–कपडा पूर्ण रूपमा जलेर नष्ट भएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।