काठमाडौ:भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको सुचना पाएपछी खटिएको प्रहरी टोलिले १ जनालाई पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन ।
लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउनु भयो। पक्राउ परेका बस्नेत माथी सम्मनित अदालतबाट म्याद लिएर लागुऔषध ऐन २०३३अनुसार अनुसन्धान भै रहेको सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक शाहीले बताउनु भयो ।


0 comment