काठमाडौ:जिल्ला झापा भद्रपुर नगरपालिका वडा न.७ चिया पसल नजिक हुलाकी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा २ जना संकाष्पद मानिसहरुलाई चेकजाँच गर्न खोज्दा प्रहरी माथी हातपात गरी भाग्न उम्कन खोजेकोले नियन्त्रणमा लिनको लागी खटिएको प्रहरी टोलीले गोलि हानी नियन्त्रणमा लिएको थियो।

प्रहरीले पेस्तोलबाट ६ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिई तलासी लिने लिदा भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलमको साथबाट प्लाष्टिक सहित १११ ग्राम ५० मिलिग्राम प्लाष्टिक बाहेक १०३ ग्राम ७० मिलि ग्राम खैरो हेरोइन बरामद भएको थियो । त्यसै गरि जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मियाको साथबाट प्लाष्टिक सहित १०८ ग्राम ९० मिलि ग्राम प्लाष्टिक बाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउन सुगर जस्तो देखीने लिसाईलो पदार्थ फेला परेको छ।

प्रहरीले दुवै जनाको साथबाट फेला परेको उक्त लागुऔषध प्लाष्टिक बाहेक २०५ ग्राम ८० मिलिग्राम सहित दुवै जनालाई नियन्त्रनमा लिई यस कार्यालयमा राखी थप अनुसन्धान कार्य जारी रहेको । साथै जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँयालाई प्रहरीबाट फायर भएको पेस्तोलको १ राउण्ड गोलीलेले दाहिने खुट्टाको पिड्युलामा लागी सामान्य घाईते भएकोले ओमसाई पाथीभरा अस्पताल
भद्रपुरमा उपचार पश्चात डिस्चार्ज समेत भईसकेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रबक्ता दीपक पोखरेलले जानकारी दिनु भयो।