काठमाडौ :झापाको २ स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका-१ का ३० बर्षीय पवन ऋषिदेब र भारत बिहारका ६० बर्षीय गबरी साह रहेका छन।

 कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत असार २६ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राती साढे १२ बजे भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका पवन ऋषिदेबलाई झापा गाउँपालिका-४ सुकुम्बासी बस्ति स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा  साईकलको ट्युब भित्र लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम सहित नियन्त्रणमा लिएको हो ।
 यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले असार २५ गते साँझ झापा गाउँपालिका-१ सुडुखुट्टु स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित देश नियन्त्रणमा लिएको हो।
यसै गरि प्रहरीले मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा  संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगर रहेका छन।

प्रहरीले राई र मगरलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ कोशी प्रदेश प्रहरी कार्यालयका प्रबक्ता दीपक पोखरेलले जानकारी दिनु भयो।