काठमाडौ:ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको चेकिङ टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा बीरगंज बाट काठमाण्डौँ तर्फ जादै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा फरक र भन्सार नभएका अबैध भन्सार छलीकाको सामान बरामद गरेको छ।
अन्दाजी मुल्य १ करोड २५ लाख २४ हजार १० रूपैया बराबरको कस्मेटिक, कोकोनट, आल्मोण्ड, कपडा, सर्जिकल सामानहरु तथा ईलेक्ट्रिक सामान, मोबाईलका पाटपुर्जा तथा औषधी जन्य सामानहरू सहित १ वटा कन्टेनर ट्रक नियन्त्रणमा लिएकोन छ।
ट्रकलाइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा सूचित गरिन्छ ।

0 comment