काठमाडौ :नागढुङ्गा स्थित चेक प्वाइन्टबाट १० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ परेको छ।

 जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा राजविराज बाट काठमाडौं तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३०९८ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  एकजनाबाट लागुऔषध बरामद गरेको छ।  

बसमा सवार जिल्ला सिराहा, गोलबजार नगरपालिका ७ बस्ने अ. वर्ष २७ को जिबन साहलाई लागु औषध खैरो हेरोइन  १०ग्राम सहित नियन्त्रणमा लिएको हो।
 सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।