काठमाडौ :बरिष्ठ गीतकार  श्रीमती रमोला देबि शाह " छिन्नलता"को१०३ औं  जन्मजयन्तिको तथा
४३ औ छिन्नलता गीत पुरस्कार २०८२ आज एक विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरेको छ। 

४३औ छिन्नलता गीत पुरस्कार २०८२ ले सम्मानित हुनेहरुमा गीत रचना तर्फ बरिष्ठ गीतकार राजेन्द्र रिजाललाई १लाख नगद र सम्मान पत्र सङ्गीत श्रृजना तर्फ अच्युत प्रसाद फुयाल(आभास)लाई १ लाख रुपैया र सम्मान पत्र त्यसै गरि सयुक्त गायन तर्फ बरिष्ठ गायक/ गायिका रामभक्त जोजिजु तथा श्रीमती इतु जोजिजुलाई सयुक्त रुपमा १ लाख रुपैया र सम्मान पत्र,  युवा प्रतिभा पुरस्कार तर्फ एस डि योगीलाइ ५० हजार रुपैया सहित सम्मान पत्र प्रदान गरिएको छ।

सम्मानित हुने कलाकारहरुलाइ कार्यक्रमका प्रमुख अतिथी सम्माननिय सभामुख देवराज घिमिरेले नगद पुरस्कार साथै सम्मान पत्र प्रदान गर्नु भएको थियो।

नेपाली गीत सङ्गितको क्षेत्रमा उल्लेखनिय योगदान दिनु हुने गीतकारहरुलाइ  पुरस्कृत गर्ने उद्देश्यले २०३९ सालदेखी सुरु भएको यो छिन्नलता पुरस्कार बर्सेनि एक जन्स गीतकारलाइ  समर्पण गरिने गरिन्थ्यो भने २०४१ साल देखि यसलाइ गीतकारमा मात्र सिमित नराखी पालैपालो गायन र सङ्गीत बिध्सका एक जना कलाकार समेत गिन थालियो।

२०४६ सालबाट पुरस्कारलाइ बिस्तार गर्दै एक एक जना गीतकार,सङ्गीतकार र गायक गायिकालाइ पुरस्कारका माध्यमबाट सम्मान गर्ने सुरुवात गरिएको हो।