काठमाडौ: जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ६ कुमारी बैंक लिमिटेड नजिकै कलंकी नागढुङ्गा मूल सडक खण्डमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका १२ बलम्बु घर भएको वर्ष २७ की सोनीका कपाली रहेका छन।

कपाली लाई चेकजाँचका क्रममा निजको साथबाट  Samsung कम्पनीको स्मार्ट मोबाइल थान - ६ 
Tablet मोबाइल थान - १,Lenovo कम्पनीको ल्यापटप थान - १ बरामद भएको थियो।

जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका ६ महादेवस्थान टोलमा रहेका विभिन्न ४ जना मानिसको घर कोठामा प्रवेश गरी चोरी गरेको खुल्न आएकोले उक्त बरामद सामानहरू सहित सोनीका कपालीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।

 साथै, निज सोनीका कपालीले सोही प्रकृतिका मोबाइल ल्यापटप र नगद रकम चोरी गरेको कसुरमा ५ पटक सजाय भुक्तान गरेको समेत अभिलेखमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।