मकवानपुर: जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १७ अंगारेश्वर मन्दिर परिसर भित्र लागु औषध सेवन गरि रहेको छ भन्ने बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले २ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला नवलपरासी गौडाकोट नगरपालिका वडा नं. १४ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं.१७ बस्ने वर्ष २६ को कपिल घर्ती र जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २४ को अनुत्तम बहादुर श्रेष्ठ रहेका छन।
प्रहरीले ती दुई जनालाइ उक्त स्थानमा फेला पारी खानतलासी गर्दा निजहरुको साथबाट लागुऔषध खैरोहेरोईन १ ग्राम २३० मिली ग्राम फेला परेको थियो।
प्रहरीले कपिल घर्ती र अनुत्तम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी श्यामु अर्यालले बताउनु भयो ।


0 comment