काठमाडौं - नेपालमा पहिलोपटक कन्टेनरमार्फत हेलिकोप्टर भित्रिएको छ । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकोप्टर आयात भएको छ ।
माउन्टेन हेलिकोप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकोप्टर ल्याइपुर्याएको छ । आकाशमा उड्ने हेलिकोप्टरलाई यसरी कन्टेनरमा भित्र्याइएको देख्दा तातोपानी भन्सार वरपरका स्थानीय बासिन्दा अचम्मित बने ।
४० फिटे कन्टेनरभित्र सुरक्षित रूपमा प्याक गरिएको हेलिकोप्टर अहिले तातोपानी भन्सार नाकामा छ। तातोपानी भन्सार नाकामा हेलिकोप्टरको जाँचपासको प्रक्रिया चलिरहेको छ ।
फ्रान्सको एयरबस कम्पनीमा बनेको हेलिकोप्टर पहिलो पटक चीनको बाटो हुँदै नेपाल ल्याइएको हो ।


0 comment