काठमाडौं - पत्रकार दिलभूषण पाठक  विरुद्धको मुद्धामा आज बयान र थुनछेक बहस हुदैछ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बहस हुने बताईएको छ ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार पाठक विरुद्ध मुद्दा दायर गरेको थियो ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पत्रकार पाठक आज आफैँ अदालतमा उपस्थित हुदैछन् । पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको हो ।