काठमाडौ: जिल्ला प्रहरी परिसर, काठमाडौंले नक्कली सुनको गरगहना सहित एकजना महिलालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला रामेछाप, लिखु तामाकोसी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, राधे राधे बस्ने वर्ष ४२ की दिलमाया मगर रहेका छन।
 
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १० बुद्दनगर स्थित एक सुनचाँदी पसलमा ले सुन जस्तो देखिने पहेँलो धातुबाट बनेका गरगहना तथा विभिन्न सुनचाँदी पसलका बिलहरू देखाइ उक्त गरगहनाहरू धितोमा राखी नगद ११ लाख रुपैया लिएका थिए। 

मिति २०८२असार १५ गते समयमा थप रकम आवश्यक परेको भनी सुन जस्तो देखिने पहेँलो धातुबाट बनेका गरगहना लिएर आएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली गहना सहित सहित निज दिलमाया मगरलाई नियन्त्रणमा लिएको थियो।
दिलमाया माथि ठगी सम्बन्धी कसुर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो। 

प्रहरीले पक्राउ परेकी दिलमायाको साथबाट  सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको माइली तिलहरी थान - १२
सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको छड्के तिलहरी थान - १६
विभिन्न सुनचाँदी पसलका बिलहरू थान - १७
विभिन्न कम्पनीका मोबाइल थान - २

साथै, पक्राउ परेकी दिलमायाले प्रहरीको पोसाक प्रयोग गरी नक्कली प्रहरी बनेर विभिन्न व्यवसायीहरूलाई डर त्रास देखाउने गरेको समेत खुल्न आएको प्रहरी कार्यालय काठमाडौले जानकारी दिएको छ।