काठमाडौ: जिल्ला प्रहरी परिसर काठमाडौले महिलाको अश्लील फोटो भिडियो बनाउने कार्यमा संलग्न १ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, टोखा नगरपालिका ग्राण्डी बस्ने वर्ष २९ को रमेश थापा रहेकाछन।

 नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको पाइएको छ।।

प्रहरीले पाएको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न  ब्यक्ती माथि मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसूरमा दिन ५ को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।