काठमाडौ: जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलिले धाक्धमिकी दिदै पैसा लुटेको आरोपमा ५ जना गुण्डागर्दिमा सलग्न ब्यक्तिहरुलाइ पक्राउ गरेकोछ।पक्राउ पर्ने हरुमा जिल्ला काठमाडौं, दक्षिणकाली नगरपालिका ४ बस्ने वर्ष ३२ को राम बहादुर तामाङ,जिल्ला सिन्धुपाल्चोक, लिसङ्खुपाखर गाउँपालिका ३ बस्ने वर्ष ४० को बिपिन लामा,जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका ६ घर भइ बस्ने वर्ष ३८ को बिनोद मगर,जिल्ला रामेछाप, सुनापाति गाउँपालिका ३ बस्ने वर्ष ३० को राजु तामाङ,जिल्ला रामेछाप, मन्थली नगरपालिका १६ बस्ने वर्ष ३० को राजकुमार माझी रहेका छन।

 जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ९ गौशाला रुन्चेडाँडा को सार्वजनिक सडक बाटोमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई केही अपरिचित मानिसहरूले डर त्रास तथा धाक धम्की दिई निजको साथमा रहेको नगद रु. ४५ हजार रुपैयाँ लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त गौशालाबाट खटिएको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा  जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ८ गौशाला स्थितबाट लुटपाटको उक्त रु.४५ हजार रुपैयाँ रकम सहित ५ जनालाइ पक्राउ गर्न प्रहरी सफल भएको थियो।

 पक्राउ परेकाहरु माथि डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।