काठमाडौ :सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको २ प्रतीशत विलासिता कर र हिराको गरहनामा लगाएक्प १३ प्रतिशत मूल्य अभिबृद्धी कर हटाउन माग गर्दै १३ गते शुक्रबार देखि अनिश्चितकालिन आन्दोलनको घोषणा गर्दै काठमाडौ लगायत देशभरको सुनचादी पसलहरु बन्द गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धरासायी हुने बताए। उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले विलासिताको रूपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे।
सरकारले सुनचाँदी ब्यवसायिहरुको माग पूरा नगरेको कारण अनिश्चितकालिन आन्दोलनमा उत्रन ब्यवसायीहरु बाध्य भएको भन्दै हुने भन्दै १३ गते शुक्रबार देखि देशभरका सुनचाँदी पसल बन्द गर्दै आन्दोलनमा एक्यवद्धता जनाउन आग्रह गरेका सङ्गै काठमाडौको न्युरोडमा विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए। आन्दोलनमा एक्यवद्धता जनाउदै काठमाडौ,ललितपुर र भक्तपुर देखि ब्यवसायीहरु जुलुशमा सहभागी हुन पुगेका थिए।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन्। उनीहरूले सुनचाँदीलाई विलासिताका रूपमा नभइ संस्कार, संस्कृतिका रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन्।


0 comment