मकवानपुर: जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नं. ४  जुरेली बजार स्थित बकैया ईन्टरप्राईजेज पसलमा लागु औषध विक्री वितरण भई रहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट गरगरे मकवानपुरबाट खटिएको थियो । 

प्रहरी टोलीले उक्त पसलमा सोही  ठेगाना बस्ने बर्ष ४० को आमोद बस्नेतलाई पक्राउ गरि निजको शरीर तथा पसल समेतको खानतलासी गर्दा पसलको कुनामा बियरको काटुन भित्र डिजिटल तराजु १ थान र प्लाष्टिकले बेरिएको अवस्थामा सानो-सानो २७ वटा पुरियामा १ ग्राम ७४० मिलिग्राम लागु औषध खैरोहेरोईन फेलापारेको हो। 

प्रहरीले लुकाई छिपाई राखिएको अवस्थामा खैरोहेरोइन फेला परेको हुँदा  डिजिटल तराजु सहित बरामद गरी निज आमोद बस्नेतलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनु भयो।