काठमाडौ:जिल्ला प्रहरी परिसर,काठमाडौंले ठगी तथा अभौतिक मुद्रा अर्थात कृप्टो करेन्सी कारोबारमा सलग्न २ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा  जिल्ला धादिङ, थाक्रे गाउँपालिका ५ घर भइ जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने वर्षब१९ को समिर तामाङ,जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेल रहेका छन।

सामाजिक सञ्जाल मार्फत २३ लाख १५ हजार रुपैयाँ रकम ठगी गर्ने तथा १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा Crypto Currency कारोबार गर्ने २ जनालाइ पक्राउ गरेको हो।

सामाजिक सञ्जाल Facebook Page तथा Telegram Group मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा Online Job लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद रु. २३ लाख १५ लाख जम्मा गर्न लगाई ठगी गरेको भन्ने निवेदनका आधारमा ठगि कार्यमा संलग्न २ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको माइतिघरबाट नियन्त्रणमा लिएको हो।
 प्रारम्भिक अनुसन्धान गर्दा निजहरूले रु.१ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा Crypto Currency को कारोबार गरेको समेत देखिएको, सो सम्बन्धमा थप अनुसन्धानका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट  ३ दिन  म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर,काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।