काठमाडौ - जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित हेटौडा बसपार्कमा लागु औषध ओसार पसार भई रहेको छ भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको टोलिले १ जनालाइ खैरोहेरोइन सहित पक्राउ गरेको हो।

 प्रहरी टोलीले बसपार्क स्थित ठेकिको छेउमा शंकास्पद रुपमा उभिरहेका जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १२ बस्ने  बर्ष १९ को प्रितम बललाई खानतलासी गर्दा बलले आफ्नो पाईन्टको खल्तीमा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा लागू औषध खैरो हेरोईन १६ ग्राम ४०० मिलिग्राम फेला परेको हो ।

पक्राउ परेका प्रितम बललाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा ३ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता श्यामु अर्यालले जानकारी दिनु भयो।