बारा: बारा प्रहरीले झण्डै २किलो चरेश सहितब१ जनालाइ पक्राउ गरेको छ। प्रहरी चौकी पथलैया बाराबाट प्रहरी नायब ननिरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला उक्त परिमाणको चरेश सहित कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  जिल्ला पर्सा वीरगंज महानगरपालिकान वडा नम्बर्व१६ हाल जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.६ सिदरीया टोल बस्ने वर्ष ५६ को बच्चु कुमार रहेका छन।

 बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा सह-चालक साईडको सिटमा कालो झोला साथमा लिई बस्दै गरेको अवस्थामा उक्त झोला शंकास्पद लागी खोली हेर्दा  लागू औषध चरेस १ किलो ९ सय ३३ ग्राम साथैनेपाली ६० हजार ५ सय र ३९ हजार २ सय १७ भारतिय रुपैयाँ वरामद भएको हो।

चरेश सहित पक्राउ परेका मानिस माथि आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले ज्स्नाएको छ ।