मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध सहित ३ जना भारतिय नागरिकलाइ पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध सहित भारतिय नागरिकलाइ पक्राउ गरेको हो।
भारतको मोतीहारीबाट काठमाण्डौतर्फ जान आउँदै गरेको BL01AW1404 नं. को भारतीय कारलाई रोकी कार चालक देश भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडिया बस्ने वर्ष २६ को उपेन्द्र यादव, सोही कारमा सवार भई आएका सोही ठेगाना बस्ने वर्ष २२ को संजित कुमार यादव र वर्ष ३५ को सिकिन्दर महतोलाई शंका लागी शरीर तथा कार समेतको खानतलासी गर्ने क्रममा कारको सिटमुनी र पछाडीको डिकी भित्र फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागूऔषध Tramadol २५,४५५ क्यापसुल र ONEREX १२० बोतल फेला परेको हो।
बरामद लागूऔषध तथा सवारी साधन सहित निजहरु उपेन्द्र यादव, संजित कुमार यादव र सिकिन्दर महतोलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्व राज खड्काले जानकारी दिनु भयो।


0 comment