लाठमाडौ: काठमाडौं महानगरपालिका १४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दान बहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।प्स्क्राउ पर्नेमा जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका ८ घर भइ काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने वर्ष २६ को केशव रोकाया रहेका छन ।

 रोकायालाई आवश्यक अनुसन्धान तथा कारबाहीको  व्यहोराको जन प्रशासन क्याम्पसको प्राप्त पत्रानुसार निज नक्कली परीक्षार्थी केशव रोकायालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी शिक्षा सम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ सो सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।