काठमाडौं - सर्वोच्च अदालतले राइड सेयरिङ सेवा रोक्न नपाइने आदेश दिएपछि अब गण्डकी प्रदेशमा राइड सेयरिङ अघि बढ्ने भएको छ । 

अदालतले नियमावली कार्यान्वयन नगर्न सरकार र व्यवसायीबीच भएको सहमति लागु नहुने आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

सरकार र व्यवसायीले जेठ १९ मा सात बुँदे सहमति गरेर राइड सेयरिङ रोक्ने निर्णय गरेका थिए । त्यसपछि गण्डकी प्रदेश सरकारले नियमावली स्थगित गरेको थियो ।

तर उपभोक्ता हित संरक्षण मञ्चले सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । त्यसपछि अदालतले नियमावली नरोकी अगाडि बढाउन आदेश दिएको हो ।अब राइड सेयरिङ सञ्चालन रोक्ने सरकारी प्रयास असफल भएको छ ।