काठमाडौ - काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ४ लोलाङ हाईट स्थित एक घरको डेराकोठामा लागुऔषध खैरो हेरोइनको बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचना पाए पछि प्रहरी परिचालन गरिएको थियो।
प्राप्त सुचनाकोआधारमा उक्त डेराकोठा प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन सहित फेला पारी बरामद गरी कारोरबारमा सलग्न ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा जिल्ला धादिङ नेत्रावती गाउँपालिका वडा नं. २ घर हुने वर्ष २९ को सरिका तामाङ गुरुङ, काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं. १७ घर हुने वर्ष ३८ को सन्दिप शाही ,जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.९ घर भई हाल काठमाडौको शंखमुल बस्ने वर्ष ४८ को सन्तोष कुमार साह रहेका छन्।
प्रहरीले पक्राउ परेका ब्यक्तीहरुबाट लागु औषध खैरो हेरोइन १०.३६ ग्राम , नगद १ लाख ७४ हजार, प्रदेश ३-०२-०१४ प ६२२७ नम्बरको स्कुटर थान - १, बागमती प्रदेश-०२-०५६ प ७८०० नम्बरको मोटरसाईकल थान - १ पनि बरामद गरेको थियो।
पक्राउ परेका ब्यक्तिहरु माथी लागु औषध सम्बन्धी कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकाती दिनु भयो ।


0 comment