काठमाडौं - नुवाकोटको साततले दरबार राष्ट्रिय सङ्ग्रहालयको पुनर्निर्माण सुरु भएको छ। पुनर्निर्माणका लागि क्षतिग्रस्त संरचना हटाउन सुरु गरिएको हो।
भुकम्पले क्षतिग्रस्त बनाएपछि सङ्ग्रहालय बन्द गरिएको थियो । भूकम्प अघि विदेशी, विद्यार्थी तथा सर्वसाधारणले दैनिक रूपमा दरबारको अवलोकन गर्ने गरेका थिए।
दुर्गरत्न नाम रहेको साततले दरबार राष्ट्रिय सङ्ग्रहालयको जीर्ण संरचना भत्काउन सुरु गरिएको छ। चिनियाँ कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण सुरु भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए।


0 comment