काठमाडौ: काठमाडौ प्रहरीले कुटपिट गरि ह्त्या गरेको  अभियोगमा ४ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा  मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने बिकास लामा । बारा  जिल्ला निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका बर्ष २९ को सुगन्द लामा ,सोही ठेगाना बस्ने  बर्ष १८ को सौगात क्षेत्री ।जिल्ला मकवानपुर बकैया गाँउपालिका  वडा नम्बर २ घर भएका वर्ष २३ को निसान जिम्भा रहेका छ्न।

निजहरुले जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३२ को कृष्ण लामालाई मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने बिकास लामा लो को बहिनीको जन्म दिन मनाउन भन्दै यहि जेठ ६ गते राती टुसाल स्थित बिकाश लामा लो को घरकोठामा लगी कुटपिट गरी हत्या गरेका थिए। 

कुटपिट  गर्ने   मानिसहरुलाई खटिएको प्रहरी टोलीले मिति ७ गते नैबपक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भई रहेको जिला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।