काठमाडौ :राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेश्रो स्थापना दिवसको अवसर पारेर तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार शुरेश रजकको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

दु:खद घडिमा साथ दिन भन्दै पार्टीले रजक परिवारलाई ३ लाख रुपैया सहयोग गरेको हो ।उक्त रकम पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य जगदिश खरेलले पिडित परिवारलाई चेक हतान्तरण गरेको थियो।

पार्टीले समाजिक उत्तरदायित्व अन्तर्गत सबेदनशील घटना सहानुभुती  जनाउदै यस्तो पहल गरेको बताएको छ।