जिल्ला प्रहरी कार्यालय कास्किको टोलिले १ करोड ३० लाख भन्दा बढी रकम बराबरको सुनका गहाना सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा न्यु प्रताप नगर,जि टि रोड अमृतसर -१ पंजाव, भारत बस्ने ४९ वर्षको कुलदिप सिंह, जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका १६ पुर्वबहिया बस्ने वर्ष ४७ को राम बहादुर बि.क. रहेका छन।
पक्राउ परेकाहरुले पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त हुनसाथ यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलि खटिएको थियो।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दी स्थितबाट बुटबल तर्फ जादै गरेको माईक्रोबसमा चेक जाँच गर्दा २ जना मानिसहरुलाई सुनको गरगहना सहित पक्राउ गरिएको हो ।
पक्राउ व्यक्तिहरु दुबै जनालाई उक्त सामान सहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिनु भयो ।


0 comment