काठमाडौ:जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित ४ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोक बस्ने वर्ष २८ को मनोज रेग्मी ,जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १७ घारिपाटनस्ने वर्ष २८ को राज बहादुर पौडेल र जिल्ला कास्की पोखरा  महानगरपालिका वडा नम्बर १७ घारिपाटन बस्ने वर्ष २८ को राजेश बहादुर पौडेल जिल्ला कास्की पोखरा  महानगरपालिका वडा नम्बर ७ रत्नचोक बस्ने वर्ष २३ की रोज कुँवर रहेका छन।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौर स्थित प्रतिभामार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनिहरुलाइ लागु औषध सहित पक्राउ गरेको हो।

ग १७ प ७२३४ नम्बरको मो.सा. र ग १४ प ३३५९ नम्बरको मोटसाइकलमा सवार निम्न ४ जना व्यक्तिहरूको साथबाट लागूऔषध Tapentadol Tablets-१००mg लेखिएको १ हजार ५० ट्याब्लेट र मोवाईल थान-२ वरामद भएको छ।

पक्राउ परेकाहरुलाइ सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन छ  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता हरी बहादुर बस्नेतले जानकारी दिनु भयो ।