काठमाडौ :काठमाडौको बुढानिलकण्ठ स्थित पासिकोटको एउटा घरमा एकजना पुरुष र एकजना महिलाको सकास्पद मृत्यु भएको अवस्थामा प्रहरीले शब बरामद गरेको छ।

 काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ४ पासिकोट स्थित थ्रि-स्टार kidszone  स्कुलको कम्पाउण्ड भित्र रहेको सुनिता सिंह ठकुरीको साढे २ तले घर देश भारत, पञ्जाब चन्डिगढ घर भएका बर्ष ५४ को परम नारायण गिलले भाडामा लिएर बस्दै आइरहेको थियो।

उक्त घरको पहिलो तलाको बिचको कोठा भित्र जिल्ला धादिङ गल्छी गाउँपालिका ६ घर भइ हाल सोही घरमा काम गरी बस्ने बर्ष अ. २८ कि अन्जना तामाङ र निज परम नारायण गिल मृत अबस्थामा फेला परेको हो।खबर प्राप्त भएपछी  तत्काल प्रहरी टोली खटी गई बुझ्दा अन्जना तामाङ उक्त कोठाको सोफा माथि मृत अबस्थामा रहेको, निजको टाउकोमा चोट देखिएको छ भने  परमनारायण गिलको उक्त कोठाको भुईमा मृत अबस्थामा रहेको शब भेटिएको प्रहरीले बताएको छ। 

मृतक परम नारायणको  शरिरमा घाउचोट नदेखिएको र  घटनास्थल नजिकै फलामको ह्यामर समेत फेला परेको छ।  साथै घटनास्थलबाट प्रहरीले सेल्फोस नामक बिषादी समेत फेला परेको जिल्ला प्रहरी परिसरका प्रबक्ता अपिलराज बोहराले जानकारि दिनु भयो।