काठमाडौं  - जिल्ला प्रहरी परिसर काठमाडौं  र मातहत कार्यालय कालिमाटी प्रहरी बृतको टोलिले लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला नुवाकोट, पन्चकन्या गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ बल्खु बस्ने वर्ष २६ को राजु मिजार र सोही ठेगाना बस्ने वर्ष २४ की मीना मगर रहेका छन् ।

काठमाडौं महानगरपालिका १४ कुलेश्वरमा लागु औषधको बिक्री वितरण तथा ओसारपसार गर्ने कार्य भइरहेको भन्ने सूचना प्राप्त भइ खटिएको प्रहरी टोलीले कालिमाटीको फलफूल बजार नजिकै शङ्कास्पद अवस्थामा रोकी राखेको UP78CB9835 नम्बर प्लेट भएको भारतीय SANTRO कारलाई चेकजाँच गर्ने क्रममा लागिऔषध बरामद गरेको हो ।  कारोबारीहरुले गाडीको ढोकामा र डिक्कीमा अक्सिजनको खालि सिलिन्डर भित्र लुकाइ छिपाइ राखिएको अवस्थामा ट्रमाडोल ८२९० फायल गरी जम्मा ८२ हजार नौ सय क्याप्सुल, विभिन्न कम्पनीको मोबाइल थान - २अक्सिजन सिलिन्डर थान - १ UP78CB9835 नम्बर प्लेट भएको भारतीय SANTRO कार थान - १,नगद जम्मा रु. ६५ हजार रुपैयाँ बरामद  गरेको हो । 

पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो ।

मिजार विरुद्ध विभिन्न मितिमा लागु औषध नियन्त्रण ब्यूरोबाट,  प्रहरी वृत्त जगाती भक्तपुरबाट र प्रहरी वृत्त थानकोट काठमाडौंबाट लागु औषध कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ।