राहुल गुप्ता, बारा—बारा जिल्लाको विश्रामपुर गाउँपालिका–०३ स्थित डम्पिङ साइट नजिकै भारतबाट अबैधरूपमा ल्याइएको ब्ष्चएयमक एचय र टेम्पर ग्लास सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद सामग्रीको अनुमानित मूल्य रू. ३९ लाख १२ हजार रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले जनाएको छ ।
घटनास्थलमा खटिएको सशस्त्र प्रहरी निरीक्षक मोहनराज बिष्टको कमाण्डमा खटिएको ७ जनाको मोबाइल टोलीले अन्दाजी बिहान ५ः३० बजे भारतबाट साईकलको प्रयोग गरी अबैधरूपमा नेपाल ल्याइँदै गरेको उक्त सामान फेला पारेको हो । प्रहरीलाई देखेपछि तस्कर साईकल र सामान सोही स्थानमा छाडेर फरार भएका थिए ।

सामानसहित साईकललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि गणमा राखिएको सशस्त्र प्रहरी बलका एसपी खुम बहादुर केसीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार रोक्न निरन्तर गस्ती तथा निगरानी तीव्र बनाएको छ ।


0 comment