सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनपछि उनले सञ्चारकर्मीहरुको प्रश्नमा यस्तो बताएका हुन् । आफूहरुले एमालेले उठाएका जनताका माग, मुद्दाका लागि झोला बोकेर हिँडेकोले नै अहिलेको यो स्थितिमा आइपुगेको बताए । पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने उनले बताए ।
सुशासन नभइकन सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको उनले बताए । राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर एमाले अघि बढेको मन्त्री गुरुङको बताए । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको समेत उनको भनाइ छ ।

0 comment