काट्जमाडौ:जिल्ला प्रहरी परिसर, काठमाडौं टोलिले २ जना नक्कलि डि एस पिलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलान्चोक, चौरी देउराली ८ बस्ने वर्ष ४५ को ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ्ग जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका ४ पाचघरे घर भइ कलंकी
 बस्ने वर्ष ४२ को रेवती ओझा रहेका छन।

नेपाल प्रहरीको डि.एस.पि. रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनि रु. ६ लाख ठगी गरेको थियो। पिडितहरुको निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भई रहेको  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रबक्ता अपिलराज बोहराले जानकारी दिनु भयो।

ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ मिति २०७०।११।२० गते हात हतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेको, मिति २०७०।०१।१६ गते काठमाडौं जिल्ला, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंबाट केही सार्वजनिक अपराध कसुरमा र मिति २०६७।०७।०४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको ब्यक्ती हुन।