काठमाडौं - काठमाडौंको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाइएको छ ।
आज दिउँसो ग्राण्डी अस्पतालनजिकै गोली चल्दा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले रड प्रहार गर्दा दुई प्रहरी पनि घाइते भएका छन्। पक्राउ परेकाको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद भएको छ।


0 comment