काठमाडौं - बाजुराको बूढीगंगा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा ग्यासको सिलिन्डर पड्किँएर आगलागी भएको छ ।
बाम्का बजारमा सञ्चालित नवदुर्गा होटेलमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा ४० भन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।
आगलागीका कारण लाखौंको क्षति भएको अनुमान गरिएको बताए । हावाहुरीका कारण आगो नियन्त्रणबाहिर रहेकाले क्षति पनि बढिरहेको प्रहरीको भनाइ छ ।
आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा जुटेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।


0 comment