काठमाडौं - शिक्षक सेवा आयोगको निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा अबदेखी वस्तुगत प्रश्नमात्र सोधिने भएको छ ।

शिक्षक सेवा आयोगले २०७८ को पाठ्यक्रम सार्वजनिक गर्दै अबदेखी निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने जनाएको हो। यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । 

परीक्षामा १०० पूर्णाङक राखिएको छ भने ५० पूर्णाङक उत्तिर्णांक राखिएको छ ।