काठमाडौं - तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । 

गाउँपालिका- ७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । 

गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितले स्ट्रबेरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५० स्ट्रबेरीका बिरुवा रोपिएको जानकारी दिनुभयो। परीक्षणका रूपमा खेती गरिएको हो । 

तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको र जुन राम्रो हुन्छ परीक्षण गर्ने र त्यसै अनुरूप खेती विस्तार गर्ने कृषि प्राविधिक पण्डितले बताउनुभयो ।