काठमाडौं - आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ।
आजको दिन बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।
भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउँन बुवाको मुख हेर्ने र कोसेली दिने परम्परा रहेको छ।
कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो।
कुशे औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने चलन रहेको छ ।
0 comment