काठमाडौं - काठमाडौं महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको पूजा आराधना गर्न आज विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।

 आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

देशभरका नागपोखरी र नागको वास्स्गान रहेका स्थानहरुमा पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै छ।