काठमाडौं - मन्त्रिपरिषद बैठकले १८ देशका लागी राजदूत सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ ।
यसैगरी पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलिया लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।
चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । ती देशमा नयाँ राजदूत सिफारिस भएका छन् ।
0 comment